२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मेलौली–पेश्वर सडक स्तरोन्नति सुरु

बैतडीको मेलौली–पञ्चेश्वर सडक स्तरोन्नति सुरु भएको छ । पाटन–पञ्चेश्वर सडकअन्तर्गत मेलौली खण्ड स्तरोन्नति सुरु गरिएको हो । संघ र प्रदेश सरकारको संयुक्त बजेटले कालेपत्रे गरिने पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य सुरु गरिएको हो । तीन वर्षभित्र कालोपत्रे गरिसक्ने लक्ष्य लिइएको छ ।

कालोपत्रे सडक निर्माणपछि यहाँका स्थानीयलाई सहज हुने बताइएको छ । यसअघि सडक कच्ची भएको र बर्खामा अवरुद्ध हुँदा कठिनाइ हुने गरेको मेलौलीका स्थानीय सुरत पार्कीले बताए । पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि जारी रहेको छ । जिल्ला सदरमुकाम जोडने दशरथचन्द राजमार्गबाहेक अहिले पाटन–पञ्चेश्वर, देहीमान्डौं–गिरेगाडा, सतबाँज–ढोल्यामोड, ढोल्यामोड–हाट सडकखण्डको केही भाग कालोपत्रे गर्न थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७७ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App