८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

शिवराज नगरपालिका ५ दिनका लागि बन्द

स्थास्थ्य शाखा प्रमुख सहीत एकैसाथ ६ जना कर्मचारीहरु कोरोना संक्रमति भए पछि कपिलवस्तुको शिवराज नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ।  

नगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण फैलन सक्ने भन्दै कार्तिक २४ देखि २८ गते सम्मका लागि नगरपालिका बन्द गरिएको हो। नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण काम बन्द गरिएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए। नगरपालिकाका र मातहतका वडा कार्यालयहरुको नगरका सेवा बन्द हुने नगर प्रमुख अधिकारीले बताए। यस्तै नगरपालिकका विद्यालयमा भइरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि बन्द भएको सूचनामार्फत जनाइएको छ। यो सूचनासँगै कक्षा १२ को परीक्षा समेत अन्यौलमा परेको छ। यस अघि मेयर सहीत नगरपालिकाका १७ जना कर्मचारी संक्रमित भए पछि कपिलवस्तु नगरपालिका समेत १५ दिनका लागि बन्द गरिएको थियो।

 

प्रकाशित: २४ कार्तिक २०७७ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App