६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

२४ घन्टामै २७२२ जनामा संक्रमण

संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु-याउने स्थिति छ,’ उनले भने। दैनिक ७० भन्दा बढी जहाजबाट आउनेका कारण पनि संक्रमण गाउँगाउँमा पुग्ने स्थिति रहेको उनको विश्लेषण छ।

यही अवस्थामै थप फैलिन नदिन सरकारले आवतजावत गर्नेहरुको २४ घण्टे पिसिआर रिपोर्ट हेरेर मात्र पठाउने र रिपोर्ट नहुनेलाई बाटैमा जाँच गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्ने सुझाए। ‘लक्षण नभएकाको छिटो परीक्षणका लागि शुल्क घटाएर ७ सय ५० लिनुप¥यो, लक्षण भएकाको निःशुल्क गर्नुप-यो,’ उनले भने।

संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा मात्र कडा लक्षण देखिने भएकाले यो समूहका लागि उपचार व्यवस्थापनमा ध्यान दिनुपर्ने डा. मरासिनी र राष्ट्रिय इपिडिमियोलोजी महाशाखाकै जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाको सुझाव छ। आइसोलेसनमा बस्नेका लागि भन्दा अस्पताल भर्ना हुनेका लागि आइसियु, अक्सिजन र भेन्टिलेटर भएका शड्ढयामा वृद्धि गर्नुपर्छ,’ कोइरालाले भने। उपचार सेवा प्रभावकारी भए संक्रमितको मृत्युदरमा कमी ल्याउन सकिने उनीहरूको तर्क छ।

हाल उपत्यकाका हकमा बैंक, प्रहरी, स्वास्थ्यकर्मी, मालपोतजस्ता सेवा प्रवाह गर्ने कार्यालय, सपिङ मल र बजारबाट बढी संक्रमण फैलिरहेको पाइएकाले यी ठाउँलाई पूर्ण रूपमा संक्रमणविहीन बनाउने मापदण्ड लागू हुनुपर्ने डा. मरासिनीको सुझाव छ। ‘शून्य संक्रमणयुक्त सेवा दिनेगरी यी ठाउँमा मापदण्ड पालना हुनुपर्छ,’ उनले भने।

२४ घन्टामै २७२२ जनामा संक्रमण
उपत्यका र बाहिरका मुख्य सहरहरूमा कोरोना संक्रमणले तीव्रता पाएपछि दैनिक संक्रमित संख्या तीव्र गतिले बढेको छ। असोज ९ गते १३ सय ३१ जना नयाँ संक्रमित थपिएकोमा शुक्रबारसम्म आइपुग्दा दैनिक संक्रमित संख्या २ हजार ७ सय २२ पुगेको छ। शुक्रबार थपिएका कुल संक्रमितमध्ये उपत्यकामा मात्र ६० प्रतिशत छन्।

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ। तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार काठमाडौंमा १ हजार २ सय ८० जना, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ गरी १ हजार ६ सय ३८ जना थप संक्रमिति भेटिए। दैनिक संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो। एक महिनादेखि काठमाडांै उपत्यका, प्रदेश २ र मोरङमा केन्द्रित संक्रमण अहिले अन्य ठूला सहरमा पनि तीव्र रूपमा फैलिँदै गएको तथ्यांकले आंैल्याएको छ। गत २४ घन्टामा मोरङ, बाँके, सुर्खेत, रूपन्देहीलगायत जिल्लामा पनि संक्रमण दरमा वृद्धि भइरहेको छ।

शुक्रबार भएको संक्रमण दर परीक्षणमध्ये १८.४६ प्रतिशत हो। गत २४ घन्टामा १४ हजार ७ सय ३९ वटा नमुना परीक्षण भएका थिए। दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणका कारण मृत्यु संख्या पनि दैनिक एक दर्जनको हाराहारीमा छ। गत २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये हालसम्म ६० हजार ६ सय ९६ जना अर्थात् ७३.६ प्रतिशत निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ छ। तीमध्ये ११ हजार ७ सय ६० जना होम आइसोलेसन र ९ हजार ४ सय ७४ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका २ सय १० जना आइसियुमा र २९ जना भेन्टिलेटरमा उपचाररत छन्।

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ। तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन। ‘कोही घरमा आए नजिक नजानू, वृद्धवृद्धालाई मास्क लगाएर दुई मिटर टाढाबाट भेट्नू,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।

प्रकाशित: १७ आश्विन २०७७ ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App