२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा थपिए ६ सय १८ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ जना, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्। देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।  पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ।  

 

प्रकाशित: १ आश्विन २०७७ १०:५४ बिहीबार

काठमाडौं कोरोना भाइरस