४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिकिन्छ भन्ने व्यक्ति पक्राउ

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै विभिन्न युट्युब च्यानलमा बोलेका सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई सोमबार विहान बिहान पक्राउ गरेको हो। महाशाखाका एसएसपी दीपक थापाका अनुसार अफवाह फैलाएको आरोपमा ललितपुर ढोलाहिटीमा रहेको उनको अन्तिम विकल्प आयुर्वेद क्लीनिकबाट पक्राउ गरिएको हो।  

पक्राउ परेका लिम्बुलाई प्रहरीले अफवाह फैलाएको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ। उनले पछिल्लो समयम विभिन्न युट्युव च्यानलमा आफुले कोरोनाको भ्याक्सिन बनाएको भन्दै समेत आएका छन्। उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु, पोष्टमार्टम नगरिक दाहासंस्कार गरिनुले उनीहरुको अंग झिकिएको हुनसक्ने भन्दै अफवाह फैलाएका थिए।  

लिम्बुले आयुर्वेदसम्वन्धी काम गर्दै आएको बताएका छन्।

 

 

 

 

प्रकाशित: २२ भाद्र २०७७ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App