पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९२७ जनामा कोरोना देखिएको हो। यो सँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।
यस्तै उपत्यकमा ४१५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण भएको हो।
प्रकाशित: १२ भाद्र २०७७ ११:०६ शुक्रबार