४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा मृतकको संख्या ६ पुग्यो

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ७० वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।  

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले ७० वर्षिया महिलाको बिहीबार दिउँसो १२ बजेतिर मृत्यु भएको जानकारी दिए। कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ निवासी ३७ बर्षिय पुरुषको मृत्यु भएको ४८ घण्टा बित्न नपाउँदै महिलाको मृत्यु भएपछि बाँकेबासी त्रसित भएका छन् । ती पुरुषको मंगलबार राती साढे १ बजेतिर मृत्यु भएको थियो ।  

स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृतक महिलाको स्वास्थ्यमा समस्या आएपछि यही भदौं ६ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । यो सँगै बाँकेमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । बाँकेमा पछिल्लो समयमा मृत्यु हुनेको र संक्रमित हुने संख्या बढ्दै गएको छ ।  

 

 

प्रकाशित: ११ भाद्र २०७७ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App