४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई १४ दिनभन्दा बढी अस्पतालमा नराख्न निर्देशन दिएको छ। त्यस्ता संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्ने र पोजेटिभ आए थप चार दिन अस्पताल राखेर पीसीआर परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको हो। १० औं दिनमा संक्रमितको परीक्षण गर्दा नेगेटिभ सोही दिन डिस्चार्ज गर्नु पर्ने छ। गम्भीर अवस्थाका बिरामीको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयले बताएको छ।  

त्यस्ता विरामीलाई १४ दिनपछि पनि अस्पतालमा राखे सरकारले उक्त विरामीको खर्चको सोधभर्ना गर्ने जनाएको छ।

यसअघि मन्त्रालयले साउन २९ मा नै १४ दिनभन्दा बढी आइसोलेसनमा नराख्न सबै कोभिड अस्पताललाई निर्देशन जारी गरेको थियो।

 

प्रकाशित: १० भाद्र २०७७ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App