१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाकाे मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका तीन जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । 

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । 

मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला र ७४ वर्षीय, ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रूपन्देहीका ५३ वर्षीय पुरुष छन् ।

प्रकाशित: ९ भाद्र २०७७ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App