२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

थप ८१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार २६ जनामा गरिएको परीक्षणमा २२० महिला र ५९८ जना पुरुषसहित ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । जसमध्य १ सय ४९ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घन्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । 

प्रकाशित: ७ भाद्र २०७७ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App