२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मन्दिर प्रवेश गर्न खोज्दा कुटिए दलित युवक

धार्मिक परम्परानुसार कालीकोटमा पुजाका लागि मन्दिर प्रवेश गर्न खोज्दा एक दलित युवक कुटिएका छन्। जिल्लाको शुभकालीका गाउँपालिका–७, स्थित मच्छेवाडीमा धल्पुरा देवताको पुजा गर्न मन्दिर प्रवेश गर्न खोज्दा सोही गाउँपालिका–८, पुरीबाडाका २२ वर्षीय पंखबहादुर विकलाई अन्य जातिका युवाहरूले कुटपिट गरेका हुन्। विकलाई शुभकालीका गाउँपालिका–५ का २६ वर्षीय कमल शाही, वडा नम्बर ८ का २१ वर्षीय दिनेश सेजुवालर वडा नम्बर ६ का २२ वर्षीय अर्जुन शाहीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कुटपिटमा संलग्न तीनजना फराररहेका छन्।  

दलित अधिकारकर्मीर मानवअधिकारकर्मीहरूको सहयोगमा पीडित परिवारले उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा जातीय छुवाछुत तथा विभेदसम्बन्धी जाहेरी दर्ता गरिएको छ। ज्यान लिने उद्देश्यले कुटपिट गरेको पंखका काका हरि विकले बताए। ‘एउटा सानो बाबुलाई काना (कुम) माराखेर पंख मन्दिर जाँदै थियो,’ उनले भने, ‘मन्दिरमा जान नदिने उद्देश्यले जातीय गालीगलौज गर्दै मरनासन्न हुने गरी कुटपिट गरे।’ मादक पदार्थ सेवन गरेर आएका ती युवाको कुटाइबाट पंखको खुट्टा दुई ठाउँमा भाँचिएको छ। 

यसका साथै टाउँको, घाँटीमा समेत गहिरो चोट लागेको छ। कालीकोटमा उपचार हुन नसकेपछि अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लिन भनेररिफर गरेको बताइएको छ। तर आर्थिक अवस्था कम्जोर भएका कारण अहिले पनि ती युवक कालीकोटमैरहेको आफन्तले बताएका छन्।गाउँमा यस्ता थुप्रै घटना हुने गरेको यहाँका दलित समुदायको भनाइ छ। ‘यति मात्र होइन यहाँ थुप्रै जातीय घटना घट्छन्,’ हरिले भने, ‘तर हामी कहिलै प्रहरी प्रशासन गुहारेनौं।’ यसपालि ज्यानै लिने नियतले घटना घटाएपछि बाध्य भएर न्याय खोज्न लागेको उनले बताए। गाउँमाराम्रो खाँदार लगाउँदा पनि ‘कथित माथिल्लो जात’का व्यक्तिले गालीगलौज गर्ने गरेको बताइएको छ। कालीकोटका लागि यो घटना नयाँ नभएको दलित अधिकारकर्मी बाले विश्वकर्माले बताए।  

मादक पदार्थ सेवन गरेर आएका ती युवाको कुटाइबाट पंखको खुट्टा दुई ठाउँमा भाँचिएको छ।

यहाँ दलित समुदायले अरूभन्दाराम्रो लगाउँदा पनि कुटपिटको सिकार हुने गरेको उनको भनाइ छ। ‘पंख चस्मा लगाए मन्दिर नजिक पुगेका थिए,’ उनले भने, ‘हाम्रा अगाडी ठूलो मान्छे, हिरो बन्ने भन्दै केही युवाले कुटपिट गरे।’ जनयुद्वका बेलाभन्दा शान्ति प्रक्रियापछि कालीकोटमा धेरै जातीय छुवाछुतका घटना हुने गरेको उनको भनाइ छ। धार्मिक क्षेत्रमा धेरै जातीय विभेद हुने गरेको बालेको भनाइ छ। ‘जातीय छुवाछुतसम्बन्धी प्रहरीमा मुद्दा दर्ता भए पनि अदालती प्रक्रियामा नजाँदै मिलापत्र हुन्छ,’ उनले भने, ‘जसले गर्दा यस्ता घटना दोहोरिरहन्छन्।’

दलित जाँदा परम्परा तोडिने भन्दै ढुंगामुडाले कुटपिट गरेको दलित अधिकारकर्मी जय विकले जानकारी दिए। पीडितको जाहेरी दर्ता भएकोर कुटपिट गरेका तीनजना व्यक्ति फराररहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। यस वर्ष जिल्ला प्रहरी कार्यालय कालीकोटमा योसँगै दुईवटा जातीय छुवाछुतसम्बन्धीका उजुरी दर्ता भएको उनले बताए। फराररहेकाहरूको खोजी कार्य भइरहेको डिएसपी ओलियाले बताए।  

यसभन्दा अघि जातीय अपशब्द प्रयोग गर्दै गालीगलौगर कुटपिट भएको मुद्दा दर्ता भएको थियो। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्लामै यसरी जातीय छुवाछुतका घटना घट्दु दुःखद् भएको दलित अधिकारकर्मीहरू बताउँछन्। यसभन्दा अघि पनि कालीकोटमा जातीय विभेदका कारण मन्दिर सुनारर वडा सदस्य मना सार्कीले ज्यान गुमाएका छन्।

प्रकाशित: २ भाद्र २०७७ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App