५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

थप ५८१ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।  

अहिलेसम्म संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको छ।

 

 

प्रकाशित: १ भाद्र २०७७ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App