वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका २ का ५५ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा बिहान ३ बजे निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। ‘आज बिहान ३ बजेतिर निधन भएको हो, शव लैजाने तयारी भइरहेको छ,’डिएसपी बस्नेतले भने। मृतक करिब एक साताअघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका थिए।
प्रकाशित: २८ श्रावण २०७७ ०६:३८ बुधबार