रुपन्देहीमा शुक्रबार तिनाउ नदिले दुई जनालाई बगाएको छ । बुटवल उपमहानगरपालिका ११ झोलुगे पुलका १९ वर्षे हरि दर्जीलाई दिउँसो तिनाउ नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यस्तै तिनाउनमा किनारमा पौडी खेल्न भनेर गएकी सियारी ३ जगहताकी ६ वर्षीय ज्योती चौधरीलाई पनि भैसाखादरबाट खोलाले बगाएको छ । आफ्नी हजुरआमा र साथीहरूसंग बाख्रा चराउन गएका बेला ६ वर्षीया बालिका नदी किनारमा पौडी खेल्न गएकी थिइन्।
ती बालिका आफ्नो मामाघर आएका बेला तिनाउले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता दुबै जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।
प्रकाशित: १६ श्रावण २०७७ १४:४० शुक्रबार