१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो दुई वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । वन्यजन्तुकै आक्रमणबाट अन्य २४ जना घाइते भएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जनाएको छ ।  

मानव वन्यजन्तु द्वन्द्वका कारण ज्यान गुमाउने मध्ये तनहुँका नौ तथा बागलुङ र कास्कीका एक÷एक जना गरी ११ जना रहेको महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सवेदीले जानकारी दिए । वन्यजन्तुको आक्रमणमा परि घाइते हुने मध्ये तनहुँमा सबैभन्दा बढी ११ जना छन् भने पर्वतमा पाँच, नवलपुर, कास्की, स्याङ्जा र लमजुङमा दुई÷दुई जना रहेका छन् ।

यो अवधीमा वन्यजन्तुको आक्रमणमा परि ११ सय ५९ घर पालुवा जनावरको मृत्यू भएको महासंघले बताएको छ । वन्यजन्तुहरू चितुवा÷बाघ लगायतको आक्रमणबाट स्याङ्जामा सबैभन्दा धेरै ४१४, गोरखामा २५७, मुस्ताङमा २३९, पर्वतमा ८२, म्याग्दीमा ५५, कास्कीमा ६७, बाग्लुङमा १२ र लमजुङमा १० घरपालुवा जनावरको मृत्यू भएको महासंघ गण्डकी प्रदेश अध्यक्ष सुवेदीले जानकारी दिए ।

क्षेति पुगेकाहरूलाई सरकारले राहत वितरण गर्ने गरेको महासंघले जनाएको छ । वन्यजन्तुबाट हुने क्षेतिको राहत सहयोग निर्देशिका–२०६९ (दोश्रो संसोधन वि.सं.२०७४) लागु गरि राहत वितरण गर्दै आएको सुवेदीले जानकारी दिए । उनका अनुसार मानवीय क्षति, पशुधन, भण्डारण गरेको अन्न, घर÷गोठ र खाद्यान्न बालीको क्षतिमा राहत उपलव्ध गराउँदै आइएको छ ।

मानविय क्षतिमा मृतकको आश्रित परिवार वा हकवालाका लागि १० लाख, सख्त घाइते भएमा चिकित्सकको सिफारिसका आधारमा बढीमा २ लाख तथा सामान्य घाइतेलाई औषधी उपचारका लागि बढीमा २० हजार डिभिजन वन कार्यालयबाट उपलव्ध गराउँदै आएको उनले बताए ।

त्यसैगरी पशुधन क्षति भएमा बस्तुभाउको प्रकार हेरेर १० हजारदेखी अधिकतम रु ३० हजारसम्म, घरगोठमा १० हजार तथा अन्न भण्डारको क्षेतिमा मुल्याङ्कन गरी बढीमा १० हजार र खाद्यान्न बालीको प्रकृति हेरी १० हजारसम्म राहत उपलव्ध गराउने निर्देशिकामा व्यवस्था रहेको सुवेदीले उल्लेख गरे ।

यसैबीच, बाँदरले पर्याएको क्षेतिको भने राहत वितरण गर्न नसकिएको महासंघले जनाएको छ । सर्बोच्च अदालतले बाँदरले पुर्याएको क्षेतिकोपनि राहत दिन आदेश दिएपनि राहत वितरण गर्न नसकिएको अध्यक्ष सुवेदीले बताए । बाँदरले पुर्याएको क्षेतिको आंकलन गर्न कठिनाई भएकाले राहत दिन नसकिएको उनको भनाई छ । बाँदरले गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ र गोरखा जिल्लामा क्षेति पुर्याउँदा किसान मारमा पर्ने गरेका छन् । गण्डकी प्रदेशमा पर्ने हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङ तथा कान्छो जिल्ला नवलपुर (नवलपरासी पूर्व)मा भने बाँदरले खासै क्षेति नपुर्याउने गरेको बताइन्छ ।

गण्डकी प्रदेशमा ३ हजार ८ सय ३ वटा सामुदायिक वन रहेको महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले जानकारी दिए । पछिल्लो समय सामुदायिक वनको क्षेत्रफल ४४.७७ प्रतिशतले बृद्धि भएकोपनि उनले बताए । खाली क्षेत्रमा विरुवा रोप्ने संस्कृति बढ्दै गएकाले वनको क्षेत्रफल बढेको उनको भनाई छ ।

प्रकाशित: १६ श्रावण २०७७ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App