६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थप तीन जनाको कोरोनाबाट मृत्यु, नेपालमा मृत्यु हुनेकाे संख्या ४८ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा–३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्क घात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए ।  

यस्तै पर्साको वीरगञ्ज–१० बस्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १० गते विहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए । यस्तै धनुषा सहिदनगर–८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । 

साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसीयुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सोमबार नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । यस्तै धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ । यस्तै सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा संक्रमण देखिएको छ ।    

सोमबार ६ सय २६ जना डिस्चार्ज भएका छन् । आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ९५, प्रदेश नम्बर २ मा १ हजारल ९ सय ११, बागमती प्रदेशमा ४ सय २ र गण्डकी प्रदेशमा २ सय ४४ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना उपचाररत रहेका छन् ।

क्वारेन्टिनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजा ८ सय ९९, प्रदेश नम्बर २ मा २ हजार १ सय ८०, बागमती प्रदेशमा १ हजार २ सय ५ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् । 

प्रकाशित: १२ श्रावण २०७७ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App