११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाका कारण शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको निधन भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला फेटा गाउँपालिका ३ का ६० वर्षिय पुरुषको उपचारको क्रममा आज शिक्षण अस्पतामा निधन भएको हो। उनी निमोनिया, मस्तिस्क घातका र मिर्गौलासम्वन्धी रोगबाट पीडित थिए।

आइतबार गण्डक अस्थायी कोभिड अस्पतालमा १ जना र धनुषाका एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा निधन भएको थियो। यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

 

प्रकाशित: १२ श्रावण २०७७ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App