४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका १ आम्बासीका ४५ वर्षीय तीर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार कार्की एक्कासी लड्दा पछाडिको चक्काले किचेर गम्भीर घाइते बनेका थिए । तत्काल उद्धार गरी उपचारार्थ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा राति ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए ।

ट्याक्टर र ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका १ का १८ वर्षीय सूर्य परियार र इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाइएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App