आज (शनिबार) पनि देशभरजसोकै खोला/नदीमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्मै विभिन्न जिल्ला (जिल्लाका नाम तल सूचनामा उल्लेख छ) भई वहने साना नदीमा आकस्मिक बहावको सम्भावना छ ।
यो पनि पढ्नुहोस्
‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’
यसैगरी कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो रहेको तर सतर्कता तह तलै रहने तर तर महाकालीका सहायक नदी रंघुन, चमेलिया लगायतमा बहाव सतर्कता आसपास रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । यो अनुमान शनिबार बिहान ७ बजेदेखि बुधबार बिहानसम्मका लागि हो ।
विस्तृत जानकारीका लागि महाशाखाले शनिबार बिहान ७ बजे जारी गरेको यो सूचना हेरौं :
प्रकाशित: ३ श्रावण २०७७ ११:३९ शनिबार