१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेमा एक वर्षमा साढे २३ हजार सवारी कारबाहीमा

गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

उक्त कारबाहीमा एक करोड २९ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जसमा ट्रक कारबाहीबाट ३७ लाख ७४ हजार ५ सय रुपैयाँ, जीपकारबाट २५ लाख ४० हजार ५ सय रुपैयाँ, मोटरसाइकलबाट २२ लाख ८५ हजार ५ सय रुपैयाँ, बसबाट २० लाख ७४ हजार ५ सय रुपैयाँ, ट्रयाक्टरबाट १५ लाख १४ हजार ५ सय रुपैयाँ, टेम्पोबाट दुई लाख ९९ हजार रुपैयाँ र अन्य सवारी साधनको कारबाहीबाट दुई लाख ८८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बाँकेमा गत आवमा १९१ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा २५४ सवारी संलग्न रहेका छन् । सो अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा छ बालक, तीन बालिका, १२ महिला र ५२ जना पुरुष रहेका ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

यस्तै पाँच बालिका, ११ बालक, ३२ महिला र ११० पुरुष गरी १५८ जना गम्भीर घाइते भए भने तीन बालिका, आठ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भए । सवारी दुर्घटनामा ४० पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ जीपकार, २३ बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, सात माइक्रो, चार टिपर र एक अन्य सवारी दुर्घटना भएका छन् ।

प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । कारबाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिनालाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको सङ्ख्या धेरै छ ।

प्रकाशित: २ श्रावण २०७७ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App