१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा साउन दुईदेखि संस्थागत विद्यालय सञ्चालन हुने

फाइल तस्बीर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशले साउन दुई गतेदेखि विद्यालयमै पठन–पाठन सुरु गर्ने निर्णय गरेको छ। पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर भौतिक रुपमै पठन–पाठन सुरु गर्न लागिएको कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए।

‘कर्णालीका अधिकांश विद्यार्थीहरु दूरशिक्षाको पहुँचबाहिर रहेकाले तत्कालका लागि कक्षा ९ र १० का विद्यार्थीहरुलाई विद्यालयमै भौतिक रुपमा पढाउने तयारी थालेका छौं,’ खत्रीले भने, ‘सामाजिक दूरी कायम गर्दै पूर्ण सुरक्षाका साथ साउन दुई गतेदेखि पठन–पाठन सुरु हुन्छ।’ उनले विद्यार्थी तथा अभिभावकको अनुरोधका आधारमा विद्यालयमै विद्यार्थीहरुलाई पठाइन लागेको बताए।

प्याब्सनले एउटा कक्षा कोठामा १५ जना मात्रै विद्यार्थी राख्ने, एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राख्ने, प्रत्येक कक्षा कोठामा विद्यार्थीहरुका लागि हात धुने पानी र साबुनको छुट्टाछुट्टै व्यवस्था गर्ने, विद्यालय हाताभित्र प्रवेश गर्नुअघि थर्मल गनमार्फत ज्वरो चेकजाँच गर्ने, स्यानिटाइज गर्नेलगायतका व्यवस्था मिलाइने जनाएको छ।  

प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले चार महिनादेखिको बन्दाबन्दी (लकडाउन) का कारण विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएकाले सुरक्षाका मापदण्डहरु अपनाउँदै  कक्षा सञ्चालन गर्न लागिएको बताए।  ‘दिनमा तीन घण्टा मात्रै अध्यापन गर्ने गरेर कार्ययोजना बनाएका छौं,’ अध्यक्ष ढकालले भने, ‘एक दिनमा मुख्य विषय गणित, विज्ञान, सामाजिक विषयलाई नियमित र नेपाली तथा अंग्रेजी विषयलाई एक–एक दिन विराई दैनिक १८० मिनेछ मात्रै अध्यापन गराइने छ।’ अध्यक्ष ढकालले पिउने पानीको व्यवस्था विद्यार्थी आफैले ल्याउनुपर्ने छ।  

कर्णाली प्रदेशका कक्षा ९ र १० कक्षा सञ्चालन हुने संस्थागत विद्यालयहरुको संख्या ७७ छ। ति मध्ये ५४ विद्यालय सुर्खेत जिल्लामा छन्। प्याब्सनका अनुसार सल्यानमा सल्यानमा पाँच, रुकुम पश्चिममा सात, जुम्लामा चार, मुगु र दैलेखमा दुई–दुई, कालिकोट, डोल्पा र हुम्लामा एक–एक विद्यालय छन्।

प्रकाशित: ३० असार २०७७ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App