६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनको मारमा परेकालाई नगद सहयोग

कोरोना भाइरसको संक्रमणले लकडाउनको मारमा परेका विपन्न नागरिकलाई नगद सहयोग गरिएको छ । रुडेस बैतडीको समन्वय र अक्सफाम नेपालको सहयोगमा जिल्लाका ३ हजार ४  सय परिवारलाई प्रतिपरिवार  २ हजार ४ सय १० रुपैयाँको दरले नगद सहयोग गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । 

भारतबाट रोजगारी गुमाएर आएका, अति विपन्न परिवारलाई छनोट गरि सहकारी मार्फत् उनीहरुको खातामा रकम जम्मा गरिएको हो । जिल्लाका ४ स्थानीय तहका ८ वटा सहकारी संस्थामार्फत विपन्न परिवारलाई नगद सहयोग गरिएको कार्यकारी निर्देशक जोशीले जानकार िदिए । करिब ६६ लाख रुपैयाँ राहतस्वरुप सहयोग गरिएको हो ।

सहकारी संस्थामा खाता खोल्न लगाइ वडा कार्यालयको सिफारिसमा विपन्न परिवार छनोट गरिएको बतायएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका विपन्न परिवारलाई नगद राहत दिइएको हो ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने नागरिक लकडाउनको कारण काम नपाएपछि समस्यामा परेका थिए । विपन्न परिवारलाई नगद राहतको व्यवस्थाले थोरै भए पनि सहयोग पुगेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन ।

प्रकाशित: २४ असार २०७७ ०५:३८ बुधबार

लकडाउन नगद सहयोग