१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एकैदिन १४६२ कोरोनामुक्त, निको हुनेको संख्या ४६५६

आजसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार मात्र एक हजार चा। सय ६२ जना डिस्चार्ज भएको जानकारी दिए । यो संगै डिस्चार्ज हुनेको संख्या चाचर हजार चार सय ५६ जना पुगेको छ । 

उनका अनुसार सबैभन्दा बढि कपिलवस्तुमा १५ महिला र दुई सय ८७ पुरुष गरि तीन सय दुई जना डिस्चार्ज भएका छन् । धादिङका ४५ जना, सुर्खेतका ३३, झापाका १८ , सप्तरीका १७, नवलपुरका १४, बाराका ६,  भक्तपुरका पाँच, काठमाडौंका चार, ललितपुर, सिन्धुली र चितवनका दुई÷दुई जना छन् ।

त्यस्तै सिन्धुपाल्चोक, खोटाङ मोरङ नुवाकोट र दोलखामा एक÷एक जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । एक हजार भन्दा बढिको तथ्यांक आउन बाँकी रहेका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । 

प्रकाशित: १७ असार २०७७ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App