४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भन्सार छलेर ल्याएको बिँडी प्रहरीद्वारा बरामद

प्रहरीले बरामद गरेको बिँडी । तस्बिरः नागरिक

भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याएको बिँडी लुकाइ राखेको अवस्थामा सोमबार गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । भारतबाट अवैध रुपमा ल्याई लुकाइ राखेको अवस्थामा करिब २ लाख रुपैयाँ बराबरको ६ पेटी बिँडी बरामद गरिएको हो । 

बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइने प्रहरीले जनाएको छ । बिशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गौरीप्रसाद जैसीको नेतृत्वको प्रहरीले गोठालापानी बजारको होटलमा लुकाइछिपाइ राखेको अवस्थामा बिँडी बरामद गरिएको हो ।

प्रहरीले यसअघि १४ गते राती पनि दशरथचन्द नगरपालिका–८ नल्तडीबाट करिब डेढ लाख मूल्य बराबरको बिँडी बरामद गरेको थियो । कोरोना संक्रमणको कारण झुलाघाट भन्सा बन्द भए पनि महाकाली नदीमा ट्युबबाट अबैध रुपमा बिँडी जिल्ला भित्रिने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित: १६ असार २०७७ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App