१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

दशरथचन्द नगरपालिका एक हप्ता सिल

बैतडीको दशरथचन्द नगरपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ। कोरोना संक्रमित बढेपछि बुधबारदेखि एक हप्ताको लागि सिल गरिएको नगरपालिकाले जनाएको छ। लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर संक्रमणको जोखिम बढेको भन्दै असार १६ सम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।  

नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सबै बन्द हुने जनाएको छ। सामाजिक दुरी कायम गर्दै औषधि पसल, जन्ती र ब्रतबन्धका १५ जनासम्म सम्मिलित हुन पाउने, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन चलाउन पाइने बताइएको छ। यस्तै नगरपालिका भित्रका बैंक तथा वित्तीय संस्थालाई हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार खोल्ने निर्णय गरिएको नगरप्रमुख थापाले जानकारी दिए।

दशरथचन्द नगररपालिकामा हालसम्म २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यसअघि पाटन नगरपालिकाले पनि एक हप्ता सिल गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: १० असार २०७७ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App