८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका प्रदेशिक अस्पताल सुर्खेतको आसोलेसनमा मृत्यु भएको हो।  उनी क्षरोगका समेत विरामी थिए। उनलाई दैलेखबाट असार ३ गते उपचारको लागि सुर्खेत ल्याइएको थियो। यो सँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमित भएका छन्। पछिल्लो पटक ७६ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

 

प्रकाशित: ९ असार २०७७ १०:५० मंगलबार

कोभिड १९ कोरोनाभाइरस