११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

आइसोलेसनका बिरामी भन्छन् : ‘कोरोना जित्छौ, ढुक्क छौ’

क्वारेन्टिनमा बेरोकटोक आवागमन, समुदायमा संक्रमण फैलिने त्रास

न ज्वरो । न खोकी । स्वास्वा पनि बढेको छैन । १७ दिन क्वारेन्टिनको बास भयो । शनिबार एम्बुलेन्समा चढेर आइसोलेसन कक्षमा आएका छौ । कति बस्न पर्ने हो भन्ने मात्र चिन्ता छ । मर्ने डर त रत्ति भर  छैन । कुजिएर बस्दा खेरिको पीडा बल्झिएको नाम परिवर्तन संक्रमित कृष्ण सारुले सुनाए ।  

आरडिटि टेष्टमा नेगेटिभ देखिदा खुसी भयौ । तर पिसिआर टेष्टमा पोजिटिभ देखियो । ‘मनमा कोरोनाको डर छैन । तनाब चाहिँ छ । साथी भाई सँगै बस्ने । गाउँका साथी भाईसँग घुम्ने बेलामा एकान्तबास हुदा पिडा हुने रहेछ,’उनले सुनाए ।

शनिबार राजापुर नगरपालिका–१० भगतपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै राजापुर नगरपालिकाले संचालनमा ल्याएको  आइसोलेसन कक्षमा आठ जना कोरोना संक्रमित छन् । पाँच जना यसअघि नै आइसोलेसनमा थिए ।आठै जना भारतबाट नेपाल फर्केपछि क्वारेन्टिन हुदै कोरोना सक्रमित देखिएपछि आइसोलेसन कक्षमा सारिएको हो ।  

थ्रोट स्वाब परीक्षण गर्दा एउटै गाउँका पाँच जना मध्य तीन जना कोरोना सक्रमित पुष्टि भएको थियो । भगतपुरका नामपरिवर्तन राम चौधरी भन्छन,‘भारतको नोएडाबाट गाडी रिर्जभ गरेर जेठ ८ गते मुर्तीहा नाकामा झर्यो, नेपाल पस्ने नाकामा भेटिएकासशस्त्र प्रहरीको समन्वयमा राजापुर स्थित क्वारेन्टिनमा पुग्यौ ।’  अहिले हामी एउटै भवनमा मा छौ ।साथी भाई नभएको भए मानिसिक तनाव हुन्थ्यो होला ।  

‘कम्तीमा टेलिभिजन  भएको भए टाईम पास हुन्थ्यो । साथी भाईले फोन गर्छन । हालचाल सोध्छन त्यसैमा भुलिरहेका छौ,’ उनले भने ।  

आइसोलेसनमा राखिसकेपछि नागरिकले पाउनुपर्ने सबै सुविधा उपलब्ध गराउनुपर्ने हो । हामीलाई ज्वरो पनि आएको छैन । बिरामीको कुनै लक्षण छैन । भारतबाट आएको आशंका लागेका व्यक्तिको थ्रोट स्वाब परीक्षण भइरहेको थियो । म पनि दुविधामा रहनुभन्दा जाँच गरिहालौं भनेर आफैं स्वाब दिए । जम्मा आठ जना भारतबाट आएका हौ । पाईप लाईनमा काम गर्ने कामदार आठ जना हो ।तर, खै हामीलाई कोरोना देखियो । पाँच जनालाई देखिएन । । फोनबाट कुरा भएका संक्रमितका अनुसार ज्वरो नाप लिने स्वास्थ्यकर्मीले काम गर्छन ।।

भारतबाट आएका संक्रमित  

राजापुर नगरपालिकामा आइसोलेसन कक्षमा बसेका संक्रमित भारतबाट आएका थिए । । पाँच जनामा शनिबार कोरोना पुष्टि भएको थियो ।आइसोलेसन कक्षमा  संक्रमित भारतमा रोजगारीका लागि गएका थिए । भारतबाट फर्कने क्रममा नेपाल भारतको सीमाक्षेत्रबाट नगरपालिकाले गाडीमा ल्याएपछि क्वारेन्टिनमा बसेका थिए । उनीहरु समुदायमा जान पाएका थिएनन् । क्वारेन्टिनमा बसिरहेका उनीहरुको था्रेट स्वाब परीक्षणमा पोजिटिभ देखिएको हो । सुरक्षित तरिकाले क्वारेन्टिनमा बसेकाले त्यस क्षेत्रमा समुदायमा संक्रमणको जोखिम टरेको स्वास्थ्यकर्मी बताउँछन् ।  

क्वारेन्टिनमा बेरोकटोक आवागमन

बारबर्दियाको पदनाहास्थित एक विद्यालयमा क्वारेन्टिन संचालन छन् । १२ जनालाई क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बस्ने मुगुबाट आएका हुन । तर ती सबै स्वातन्त्र छन् । क्वारेन्टिनमा बस्दा पाल्नु पर्ने नियम खुलेआम लत्याईरहेको स्थानीयको आरोप छ । तिनलाई रोक्न क्वारेन्टिमा प्रहरी छैनन् । न जनप्रतिनिधि रेख देख गर्छन । उनीहरु गाउँमा आउँछन । गफ गर्छन । रात परेपछि क्वारेन्टिनमा फर्कन्छन् । क्वारेन्टिनमा बस्ने नजिकैका गाउँका भएको स्थानीयले बताए । छेउँमा रहेको सहकारीमा उनीहरु आउँने गरेको स्थानीय बताउँछन ।

‘रोकटोक गर्ने कोहि छैन’उनले भने,‘उनीहरु गाउँ आउँ जाने दिनभररि नै चलिरहन्छ ।’क्वारेन्टिनमा बिजुलि र पानीको सुबिधा सहकारी दिएको छ । उनीहरुको खर्च बारबर्दिया नगरपालिकाले व्योहोर्छ । क्वारेन्टिनमा बसेकाको बेरोटोक आवागमनलेसमुदायमा संक्रमण फैलिने सक्ने जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।

समुदायमा संक्रमण फैलिने त्रास

क्वारेन्टिन रहेकाको आरडिटि गराएर घर फिर्ता पठाएकाबाट समुदायमा संक्रमण बढ्ने त्रास बढेको छ । एक साता भित्र आरडिटि गरेर घर पठएको संख्या तीन सय राजापुर क्षेत्रको मात्र हो । क्वारेन्टिनमा बसेकालाई आरडिटि गराएर धमाधम घर फिर्ता गर्दा स्थानीय बाट चर्को बिरोध भएको थियो । राजापुर नगरपालिकाले जबरजस्त रुपमा घर फिर्ता पठाएको आरोप नगरपालिकालाई छ । आफैलेपठाएकाको पुन खोजी कार्य भईरहेको नाम नखोल्ने सर्तमा राजापुरका एक वडा अध्यक्षले बताए ।

‘घर पठाउँने कार्यकारी निर्देशन अनुसार हुन्छ’उनले भने,‘हचुवामा घर पठाउँदा गल्ती महशुस भईरहेको छ ।’यदि क्वारेन्टिनमा बसेकालाई संक्रमण भेटिए समुदाय संक्रमण फैलिने त्रास बढेको उनले बताए । राजापुर नगरपालिकामा १३ वटा क्वारेन्टिन संचालन छन् । राजापुर क्षेत्रका क्वारेन्टिनबाट लक्षण नदेखिएपछि तीन सय बढीलाई नगरपालिकाले घर पठाएको छ । जिल्लामा १ सय २१ क्वारेन्टिनमा २ हजार पाँच सय जना बस्दै आएका छन् । यसरी आरडिटि गराएका पठाएको संख्या एक हजार नाघेको अनुमान छ ।आरडिटि नेगेटिभ देखिएका पनि पोजिटिभ देखिएपछि समुदायमा संक्रमण त्रास बढेकाले जिल्लाको अवस्था भयावह हुने देखिएको छ ।  

प्रकाशित: २५ जेष्ठ २०७७ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App