गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ| यस्तै स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ|
पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ। म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ| यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।
प्रकाशित: २२ जेष्ठ २०७७ ०३:०२ बिहीबार