९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नै खर्चमा लाखौका सुरक्षा सामाग्री दिएपछि...

सामाग्री हस्तान्तर गर्दे पन्त ।

‘कोभिड १९’ संक्रमण फैलिने जोखिम बढिरहेकाबेला स्वास्थ्य सामाग्रीको जति खाँचो छ । स्वास्थ्य सामाग्रीको माग अनुसार बजारमा आपूर्ती न्यून छ । यतिबेला जसले स्वास्थ्य सामाग्री उपलब्ध गराउँन सक्छ । त्यसको वाहवाही नहुने कुरै भएन । आफ्नो जिल्ला सम्झेर कोभिड १९ नियन्त्रणका लागी लाखौंको सुरक्षा सामाग्री दिने मध्यका पर्छन मधुवनका ४५ वर्षिय सुरेश पन्त । खर्च कटाएर उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले जिल्ला नै आत्म निर्भर बनेको यतिखेर अभास भएको छ । उनले बिपद व्यबस्थापन समिति र स्थानीय तहलाई पटक पटक स्वास्थ्य समाग्री उपलब्ध गराउँन पन्त सफल भएका छन् ।

एक व्यक्तिको स्वास्थ्य सामाग्रीले के कति नै  सहयोले गर्ला ?माग भए बमोजिम प्रयाप्त नहुन पनि सक्छ । विश्व नै कोरोना संक्रमणको लडाई लडिरहेको अबस्थामा यो भएन ,त्यो भएन, नेताले गरेनन्  भन्ने धेरै छन् ।मन फुकाएर सहयोग गर्ने कमै भेटिने मध्यमा पर्छन पन्त । पन्तले आफ्नो गाउँ ठाउँ सम्झन कोरोना त्रास बिर्साउन ईतिहास रचेको उनका व्यबसायी सहकर्मी बताउँछन । अरुलाई दोष देखाएर पन्छिने धनका धनि यँहा प्रशस्त छन् । यस्ता अवसरमा सहयोगी बन्न नसक्दा धनाड्य भनेर चिनिने पनि समाजमा गुमनाम छन् ।सकारात्मक पक्षले समाजसेवामा चौर्तफि आवश्यक्ता बन्दै छन् पन्त ।

‘पैसाले त कस्लाई पुग्छ र ?’ उनले प्रतिप्रश्न गर्दे भने,‘सम्पति नजोडेर बिषम परिस्थितिमा सहयोगको भावना झल्काएको मात्र हो ।’

आफू जन्मेको जिल्लामा मेरो सहयोगले घाउमा मलम पट्टि लाग्ने आशा राखेको उनले सुनाए । चैत ११ गते सरकारले लकडाउन सुरु गरे यता जिल्लामा स्वास्थ्य सामाग्री अभाव भयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसँगको समन्वयमा पन्तले पहिलो चरणका लागि स्वास्थय सामाग्री सूचि तयार गरे ।

प्रमुख जिल्ला अधिकारी लामिछानेको समन्वयमा स्वास्थ्य सामाग्री बिपद व्यबस्थापन समितिलाई उपलब्ध गराए । सीमावर्ती क्षेत्रमा जनशक्ति परिचालित हुन नसक्ने अबस्था थियो । फन्ट लाईनमै काम गर्ने योद्धाको सुरक्षा सामाग्री बिहिन भएको खबरले उनको मन छोयो । साता दिन नबित्दै पहिलो चरणमा १५ हजार थान मास्क,दश हजार लिटक स्यानिटाईजर,५० थान,९ थान थर्मल गर्न पिपिई लिएर काठमाडौबाट आए । बिपद व्यबस्थापन संयोजक समेत रहेको समितिलाई स्वास्थ्य सामाग्री दिए ।बाँकी सामाग्री मधुवन र गुलरिया नगरपालिका उपलब्ध गराए ।

यस्तै गरी पन्तले जिल्लाका लागि ठूलो परिमाणमा चौथो पटक सम्म स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । पटक पटक स्वास्थ्य सामाग्री दिने उनी एक्ला व्यक्ति भएको लामिछानेले बताए । बिपदको बेलामा लाखौको सहयोग जुटाएको भन्दै उनले पन्तको प्रशंसा गरे । कैलाली र बाँके जिल्लको ओझेलमा परेको यो जिल्ला बिपदमा सधै समस्या झेल्दै आएको छ । 

पन्तले उपलब्ध गराएको सुरक्षा सामाग्रीले जिल्ला निर्भर बनेको उनले स्वीकारे । छिट फुटमा रुपमा नभई ठूलो परिमाण उपलब्ध भएको स्वास्थ्य सामाग्री प्रहरी र स्वास्थयकर्मीलाई परिचालन गर्न सहज भएको प्रजिअ लामिछाने बताउँछन् । सुरक्षाको आभास दिलाएका यूवा व्यबसायी पन्त बर्दियाबासी माझ रालमोडल बनेका छन् । यँहा नेताले गर्न नसकेको काम भन्दै पन्तको मुक्तकण्ठले प्रशंसा धेरै छन् ।यतिखेर पन्तलाई फेसबुक पेजमा बिभिन्न उपनाम दिएर शुभचिन्तकले भाईरल बनाएका छन् ।

यति बेला घर छोडेर हिँड्ने कसैलाई पनि परिवारका सदस्यले क्षमा दिदैनन् ।परिवारको क्षमा नपाएका मध्यमा उनी पर्छन । परिवार काठमााडौंमा छाडेर पन्त मास्क,सेनिटाईजर र पंन्जा लिएर विभिन्न अबरोध छल्दै आफै गृह जिल्ला पुग्ने उनी एक्ला जिल्लाबासी हुन ।  

समाज सेवामा उनी चौतर्फी आवश्यक्ता बनेका छन् ।उनको आवश्यक्ता चौतर्फी भईसकेको मधुवनका नगर प्रमुख कृष्णकेसी बताउँछन् ।‘नगरका बिद्यालय स्तरउन्नति गर्न पन्त जीको ठूलो योगदान छ’उनले भने,‘हरेक सामाजिक काममा अग्ररसता वहाँको सह्रानिय छ ।’ ‘समस्यामा परेको बेला सहयोग गर्ने होे,’ पन्त भन्छन्, ’अहिले त्यसैका लागि एक किसिमले सडक संर्घष गरिरहेको छु ।यस्ता कामबाट दुख होइन, आत्मसन्तुष्टि मिल्छ । जुन सन्तुष्टि लाखौं खर्चेर अर्थोकमा पाइँदैन् ।’

प्रकाशित: २० जेष्ठ २०७७ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App