१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चौविस घण्टामै थपिए २ सय ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या १८  सय ११  जना पुगेको छ। सोमबार सुदुरपश्चिमको डोटी जिल्लामा पनि संक्रमण देखिएपछि संक्रमित हुने जिल्ला ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  नयाँ संक्रमितहरुमा झापामा २, नवलपरासीमा ३, दैलेखमा ४१, जुम्लामा १९, सल्यानमा १०,सुर्खेतमा ५, कपिलवस्तुमा ४०, रौतहतमा १८ जना, वाँकेमा ७, दाङमा ९, धनुषामा ७, महोत्तरीमा २, मकवानपुरमा १,सर्लाहीमा ३८ जना छन्।  अन्य संक्रमितहरुमा सिराहामा ५, उदयपुरमा १, अछाममा १, कैलालीमा १४ जना,वैतडीमा १, डोटीमा १ र कंचनपुरमा १ जना रहेका छन्।  

सोमवार साँझ थप पुष्टि भएका कोरोना संक्रमितहरुमा पाल्पामा २ जना, नवलपरासीमा ६ जना वालक, गुल्मीमा १ र कपिलवस्तुमा ७ जना र रुपन्देहीमा १ जना छन्।  

हालसम्मको तथ्याकं हेर्दा सवै भन्दा बढी प्रदेश दुईमा ६ सय ९४ जना र प्रदेश ५ मा ६ सय ३४  जना संक्रमित छन्।  अन्य प्रदेशमा पनि बढ्ने क्रम जारी छ।  त्यसै गरी प्रदेश १ मा १ सय ६८ जना, वाग्मती प्रदेशमा ४६ जना, गण्डकीमा २६, कर्णालीमा १ सय ९८ र सुदुरपश्चिममा ४५ जना संक्रमित छन्।  

सोमवार डडेल्धुरा अस्पतालमा उपचारर्थ १ जना  युवक निको भएर घर फर्केका छन्।  उनीसंगै नेपालमा निको हुने कोरोना संक्रमितहरुको संख्या २ सय २१ पुगेको छ।  ती मध्येमा प्रदेश १ वाट ३० जना, प्रदेश २ मा १ सय ४ जना, वाग्तमीमा २९ जना, गण्डकीमा ३, प्रदेश ५ मा ४८ जना, सुदुरपश्चिममा ७ जना निको भएर डिस्चार्ज भइसकेका छन्।  हाल देशभरमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेनटाइनमा छन् भने १५ सय ७० जना आईशोलेशनमा रहेर उपचार भइरहेको छ।  

 

प्रकाशित: १९ जेष्ठ २०७७ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App