४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटेहाङको क्वारेन्टिन रित्तिदै

खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएको क्वारेन्टिनमा बस्नेको संख्या न्यून हुँदै गएको हो । हालसम्म ७८ जनालाई क्वारेन्टिनमा राखिएकामा ६७ जना १४ दिन बसेर क्वारेन्टिनबाट घर फर्किसकेको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।  

हाल गाउँपालिकाभित्रका विभिन्न स्थानको क्वारेन्टिनमा ११ जना मात्र बाँकी रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय लकडाउनमा गरिएको कडाईका कारण जिल्लाबाहिरबाट आउने स्थानीय घटेकाले गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । ९ वडा रहेको गाउँपालिकामा गत चैत यता वैदेसिक रोजगारीका सिलसिलामा विदेश पुगेका ३३ जना घर फर्किएका छन् ।  

हालसम्म गाउँपालिकाका ५ जनाको पिसिआर गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, ६३ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । 

प्रकाशित: ९ जेष्ठ २०७७ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App