२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु र परिवार डिस्चार्ज

नेपालमै पहिलो पटक नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९ वर्षिया महिलाको १७ दिनका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. रमेश माकजुले शुक्रबार एक विज्ञप्तिमार्फत नवशिशु र उनका आफन्तहरू सबैलाई डिस्चार्ज गरिएको जानकारी दिएका छन्। उनले उल्लेख गरेका छन्, ‘नव शिशुमा जण्डिस संक्रमण र रातो बिबिरा आएकोमा बालरोग विशेषज्ञको उपचारबाट निको भएको छ । 

नवशिशुको दुई पटकको आरटी पिसिआर टेष्ट गर्दा दुबै रिपोर्ट नेगेटिभ आएको छ । साथै परिवारका सदस्यहरूमा पनि पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ आएकोले सबैलाई डिस्चार्ज गरिएको छ’, माकजुले भनेका छन् ।  

सुत्केरी महिलाको मृत्युपछि परिवारलाई अस्पतालको आसोलेसन वार्डमा राखेर उपचार गराइएको थियो भने मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिक र गार्डलगायत १० जनालाई क्वारेन्टिनमा राखिएको थियो ।

अस्पतालको विज्ञप्तिमा शुक्रबार डिस्चार्ज भएका नवशिशु, उनका पिता र मावलीतर्फको हजुरआमालाई थप एक हप्ता सिन्धुपलाञ्चोकको क्वारेन्टिनमा राख्न र पुनःआरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिए मात्र पीसीआर गरिने माकजुले बताएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App