प्रत्येक वर्ष विस्केट जात्रामा लिंगो उठाउने भक्तपुरको ल्योसिंखेल क्षेत्र सिल गरिएको छ । भक्तपुर जिल्लाकै स्थानीयमा पहिलो पटक भक्तपुर नगरपालिका वडा नं ५ निवासी ४२ वर्षीय पुरुषमा कोरोना पुष्टी भएपछि बुधबार विहानैदेखि त्यस क्षेत्रलाई सिल गरिएको हो । विहानैदेखि प्रहरी तथा स्थानीय परिचालित भई त्यस क्षेत्रलाई सिल गरिएको हो ।
मंगलबार पुष्टि भएका भक्तपुरका कोरोना संक्रमित बुधबार विहान भक्तपुर नगरपालिका वडा नं ५ निवासी भएको खुलेको थियो । उनी काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको थियो । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती सवारी चालक पुरुषमा संक्रमण पुष्टि भएको हो । परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याएको जनाइएको थियो । परिवारको अन्य सदस्य निगरानीमा रहेका छन् ।
प्रकाशित: ७ जेष्ठ २०७७ १०:४८ बुधबार