२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भुल्केका पाँच भारतीयसहित आठ जना कोरोनामुक्त

उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो संक्रमितमध्ये आठ जना कोरोना भाइरस (कोभिड–१९) लाई जितेर बुधबार डिस्चार्ज भएका छन् । गत वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचारत त्रियुगा नगरपालिका–३ भुल्केका १६ जमातिसहित ३२ संक्रमितमध्ये पाँच भारतीय र तीन भुल्केका स्थानीय निको भएर डिस्चार्ज भएका हुन् ।

एकमहिना लामो उपचारपछि कोरोनालाई पछारेर घर फर्कन सफल हुनेमा भुल्केका ४६ वर्षीय मोहम्मद इन्द्रिस, ४० वर्षीय मोहम्मद सनौला र २८ वर्षीय मोहम्मद साविर रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । डिस्चार्ज हुने भारतीय जमातिमा ६६ वर्षीय बृद्ध मुस्तकिनदेखि २२ वर्षीय र १८ वर्षीय युवाहरु क्रमशः सलमान खान र गुड्डु आलम रहेका छन् ।  

उनीहरुमध्ये मुस्तकिन वैशाख ५ गते पहिलो संक्रमितमध्येका एक हुन् भने दुवै युवा वैशाख ९ गते संक्रमित पुष्टि भएर उपचारार्थ थिए । उनीहरुसँगै कोरोना अस्पतालबाट निको भएर डिस्चार्ज हुनेको संख्या ३६ जना पुगेको छ । योसहित उदयपुरका संक्रमित ३३ मध्ये निको भएर फर्कनेको संख्या २३ पुगेको छ । बाँकी १० जनाको पनि दोस्रो रिपोर्ट आउने क्रममा रहेको बताइएको छ ।

बुधबार डिस्चार्ज भएका उनीहरुलाई विराटनगर १५ स्थित रानी मरकज क्वारेन्टाईनमा राखिएको छ । तर, भुल्केका ३ जनालाई उदयपुर फर्काउने या त्यहीँ राख्ने भन्ने यकिन भईनसकेको स्वास्थ्यले जनाएको छ । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App