नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार दिउँसाेसम्म ६२ जना कोरोना संक्रमित थपिएका थिए ।
धनुषामा २ जना, खोटाङमा एक जना, बाँकेमा १२ जना, दैलेखमा १ जना, झापामा १ र सुनसरीमा एक जना नयाँ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा एक जनामा कोरोना देखिएकाे छ । कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
प्रकाशित: ५ जेष्ठ २०७७ १६:४५ सोमबार