२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्यकर्मी र पत्रकाहरुको कोरोना परीक्षणका लागि संकलन गरेको स्वाबको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । धेरैसँग सम्पर्कमा रहने भएका कारण तुलनात्मक रुपमा जोखिममा रहेका स्वास्थ्यकर्मी र पत्रकारहरुको स्वाब संकलन गरिएको थियो । कर्णाली प्रदेशको सुर्खेतपछि जुम्लामा सञ्चारकर्मीहरुको स्वाब परीक्षण गरिएको थियो ।

ल्याब इन्चार्ज विवेक पुनमगरका अनुसार प्रतिष्ठानले बैशाख २२ देखि हालसम्म सात चरणमा गरी १२ सय ६२ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको हो । आइतबार स्वाब संकलन गरी परीक्षण गरिएका ३१३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताए । यसअघि जुम्लाका प्रत्येक स्थानीय तहमा प्रतिष्ठानको टोली खटिएर ८ सय ४९ जनाको स्वाब संकलन गरेर परीक्षण गरेको थियो ।

हालसम्म जुम्लामा कोरोनाको संक्रमण देखिएको छैन । धमाधम पिसिआर परीक्षण भइरहेको छ । कर्णालीको हुम्ला, मुगु, डोल्पा र कालिकोटमा स्वाब संकलनका लागि टोली खटिएको छ । टोलीले स्वाब संकलन गरेपछि एकमुष्ट परीक्षण गर्ने तयारी भइरहेको छ । स्वाब परीक्षण पुलिङ सिस्टमबाट भइरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।

स्वाब संकलनको नयाँ विधि बारे अनुसन्धान भइरहेको उनले बताए । अब सम्बन्धित ब्यक्तिले आफ्नो स्वाब आफै संकलन गर्ने अभ्यास भइरहेको छ । पहिलो पटक नेपाली सेनाले त्यो संकलनको प्रतिष्ठानमै आएर अभ्यास गरेको हो ।

प्रकाशित: ५ जेष्ठ २०७७ १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App