२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुर नेकपा अध्यक्ष आइसोलेसनमा, समन्वय प्रमुख क्वारेन्टिनमा

उदयपुर- उदयपुरका ३३ औं कोरोना भाइरस (कोभिड–१९) संक्रमित पत्रकारसँग सम्पर्कमा पुगेका नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल आईतबारदेखि आइसोलेसनमा बस्न थालेका छन् । त्यस्तै जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार पनि क्वारेन्टिानमा बसेका छन् ।  

३ दिनअघिको स्वाब परीक्षण रिपोर्टमा संक्रमित पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सम्पर्कमा रहेका कटुवाल आईतबार विहान आफै कटारी अस्पताल पुगेर आइसोसेलनमा भर्ना भएका हुन् । संक्रमित पत्रकारसँग नजिक रहनुका साथै पटकपटक सम्पर्कमा रहेकाले उनी संक्रमित भन्ने जानकारी आएपछि परिवार र समाजलाई संक्रमणबाट बँचाउन आइसोलेसनमा आएको उनलाई उद्धृत गर्दै कटारी अस्पतालले जनाएको छ । अस्पतालले निगरानीमा राख्दै उनको पिसिआर जाँच गर्ने जनाएको छ ।  

यता ती पत्रकारसँग अन्तरवार्ता दिने समन्वय प्रमुख परियार पनि घरमै क्वारेन्टिनमा बसेका छन् । सातादिनअघि अन्तरवार्ता लिने पत्रकार संक्रमित भएको पुष्टि भएपछि आफु होम क्वारेन्टिनमा बसेको उनले बताए । ‘एकमिटर दुरी कायम गरेरै अन्तरवार्ता दिएको थिएँ’ परियारले भने ‘तर, पनि संक्रमण हुनसक्ने शंका लागेर होम क्वारेन्टिनमा बस्न थालेको हुँ ।’  

पत्रकारमा संक्रमण देखिएपछि उनीसँग भेटघाट र सम्पर्कमा रहेका सबै पत्रकारहरु स्वयं सचेत भएर सेल्फ क्वारेन्टिनमा बस्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । महासंघले फिल्ड रिपोर्टिङको बहाना बनाएर कोही पत्रकार बाहिर निस्केको पाइए प्रशासनलाई गुहारेर क्वारेन्टिनमा राख्ने चेतावनी दिएको छ । संक्रमतिसँगै बस्ने एक पत्रकार क्वारेन्टिनमा छन् भने अर्का एकलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।  

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले थप ३ जना पत्रकारको स्वाब संकलन गरेको छ । बुधबार नै संकलन गर्ने तय भए पनि उपस्थित नभएर छुट्ट गएका ३ पुरुषको स्वाब शनिबार साँझ संक्लन गरी पठाइएको हो । अग्रमोर्चामा रहेर रिपोर्टिङ गनैृ २६ पत्रकारको स्वबव परीक्षण गर्दा एकमा संक्रमण पुष्टि भएपछि आतंकित भएका पत्रकारहरुले सबैको पिसिआर पुनः परीक्षण गर्न माग गरेका छन् । स्वास्थ्य प्रमुख मोहन सुबेदीले रिपोर्ट नेगेटिभ आए पनि संक्रमितसँग सम्पर्कमा रहेका पत्रकारको १४ दिनपछि पुनःपरीक्षण गरिने बताएका छन् ।  

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App