१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुर अस्पतालमा रंगको दुरी (अपडेट)

भक्तपुर- भक्तपुरमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित विरामी बढ्न थालेपछि नेपाल स्काउट भक्तपुरले भक्तपुर अस्पताल दूधपाटीमा समाजिक दुरी कायमलाई व्यवस्थित रंगले रेखा कोरेका छन् । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरका माष्टरहरुले निश्चित दुरी कायम गरी सामाजिक दुरीमा रहन रंगले सीमारेखा कायम गरेका हुन् । उनीहरुले सामाजिक दुरी अनुसारको दुरी कायम गरी रंगको लाइन तथा कोठाकोठा बनाएका हुन् ।

अस्पतालमा आएका विरामी सामाजिक दुरीमा कायम रही सेवा लेओस् भन्ने मान्यताका साथ रंगको दुरी कायम गरेका हुन् । साथै उनीहरुले अस्पताल आसपास राखिएका मेचहरुमा पनि सामाजिक दुरी कायम गरी वस्न सहयोग गर्न दुरी कायम गरी रेखा कोरेका छन् । भक्तपुरमा पछिल्लो समय मात्रै थप दुई जना संक्रमित भेटिएका थिए ।  

नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरका आयुक्त रामगोपाल कर्माचार्यले सम्भावित संक्रमणबाट जोगाउन सहयोग गर्ने उद्देश्यका साथ रंगको रेखा बनाएको जनाए । यस अनुसार सामाजिक दुरी कायम गरी सेवा लिन विरामीलाई सहयोग पुग्ने विश्वास उनले लिए ।  

भक्तपुर अस्पताल भक्तपुरकै कोरोना उपचार हुने मुख्य केन्द्रिय अस्पताल हो । नेपाल सरकारले भक्तपुर अस्पतालाई भक्तपुरकै उपचारको मुख्य केन्द्रिय अस्पताल घोषणा गरेको थियो ।  

 

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App