२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिङफ्रिङ क्वारेन्टाइनबाट भागे युवक

इलाम - इलामको सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति एक युवक भागेका छन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, सुलुबुङका सरोज अधिकारी भागेका हुन्। 

बिहानको राति २ बजेतिर क्वारेन्टाइनको झ्यालबाट फाल हानेर उनी भागेका हुन्। भारतको सिलिगुडीबाट आएका अधिकारीलाई गत २३ गते क्वारेन्टाइनमा राखिएको इलाम नगरपालिकाले जनाएको छ। यो क्वारेन्टाइनमा रहेका १० जनाको सुरक्षार्थ १२ प्रहरी परिचालन गरिएपनि प्रहरीलाई छक्याएर उनी भागेको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले बताए।

सुलुबुङ घर भएपनि अधिकारी कहिले इलाम नगरपालिका–५, बिब्ल्याँटेतिर, कहिले अरूतिरै बस्ने गरेको वडा–५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले जनाए।

प्रकाशित: २५ चैत्र २०७६ ०२:२६ मंगलबार

क्वारेन्टाइन युवक काेराेना