१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनका २५ ड्रोन नष्ट गरेको रुसको दाबी

रुसले एकै रात २५ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ। रुसको रक्षा मन्त्रालयले देशको वायु रक्षा प्रणालीले युक्रेनी सेनाले विभिन्न चार क्षेत्रबाट प्रहार गरेका ती ड्रोन नष्ट गरेको बताएको हो।

तीमध्ये १४ वटा ड्रोन दक्षिणको क्रास्नोडार क्षेत्रमा, ६ वटा पश्चिमी ब्रायनस्क क्षेत्रमा, तीन वटा मस्कोसँगै जोडिएको क्रिमियामा र दुई वटा दक्षिणी रोस्तोभ क्षेत्रमा नष्ट भएको मन्त्रालयले जनाएको छ।

क्रास्नोडारका क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले दुई जिल्लाहरू रातभर ठूलो ड्रोन आक्रमणको शिकार भएको बताउँदै एक जना सर्वसाधारण घाइते भएको उल्लेख गरेका छन्।

प्रकाशित: १३ मंसिर २०८१ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App