११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालक र सहचाकलको मृत्यु

दुलेगौँडा(तनहुँ)- तनहुँमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ।  बन्दिपुर गाउँपालिका–५ बाउनभञ्याङबाट कोरिका जाँदै गरेको  १ त ४८०८ नम्बरको ट्याक्टर बुधबार विहान कोरिकास्थि भित्री सडकखण्डमा अन्यिन्त्रित भई दुर्घटना भएको हो। सडकबाट एक सय ५० मिटर तल बारीमा  खस्दा ट्याक्टर चालक गोरखाको पालुङटार – ७ च्याङली बस्ने २१  वर्षिय प्रेम कुमालको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।

सहचालक बन्दिपुर गाउँपालिका–४ नयापुल बस्ने २३ वर्षिय राजकुमार परियारको उपचारको क्रममा मृत्यु भएको छ। हात, खुट्टा र टाउकोमा चोट लागेको उनलाई उपचारका लागी लक्ष्मि अस्पताल डुम्रे ल्याईएको थियो। उपचारको क्रममा चिकित्सकले मृत्यु भएको लामिछानेले जानकारी दिए। दुर्घटनामा परेको ट्याक्टरमा पूर्णरुपमा क्षति पुगेको छ।

 

प्रकाशित: २८ फाल्गुन २०७६ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App