५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राधा माधव समितिले सयभन्दा बढी ठाउँको भ्रमण गर्ने

काठमाडौं – ‘नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा भक्तपुरस्थित श्री राधा माधव समिति, नेपालले देशका सयभन्दा बढी स्थानको भ्रमण गर्ने भएको छ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन समितिले देशभरका सातै प्रदेशका सयभन्दा बढी ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमण गर्न लागेको हो।

समिति अध्यक्ष संगीता दिदीको अगुवाईमा सत्संगी सम्मिलित टोलीले यही फागुन १६ देखि भ्रमण थाल्नेछन्। भ्रमण कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राधे राधे ठिमीमा आयोजित एक कार्यक्रमबीच शुभारम्भ गरे।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले आध्यात्मिक चेत, नैतिक बलका साथ सांस्कृतिक तहबाट नेपाल भ्रमण वर्ष सफल बनाउन तथा पर्यटन प्रवद्र्धन र सामाजिक–सांस्कृतिक एक कायम राख्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले समितिले आरम्भ गरेको यस अभियानको मुक्तकण्ठले प्रशंसा गरे।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App