३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए : प्रहरी

दोलखा– सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय मागादेउराली, दोलखाका इन्चार्ज सई जयप्रकाश पाण्डेका अनुसार बस बिहान ९ बजे छुटेको थियो। ‘मागादेउरालीको देउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेकाले हाम्रो रेकर्डमा छ’ सई पाण्डेले भने। 

बस सिट फुल गरेर हिडेको र बसमा वालबच्चा समेत रहेको उनले जनाकारी दिए। बिचबाटोमा पनि यात्रु चढ्ने भएकाले बसमा चढ्ने यात्रुको संख्या वृद्धि हुन सक्ने प्रहरीको अनुमान छ। 

बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस दिउँसो सवा एक बजे सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटे स्थित अरनीको राजमार्गमा भएको दुर्घटनामा थुप्रै यात्रु हताहती भएको अनुमान गरिएको छ।

शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको हो। घटनास्थलमा रहेका ट्राफिक प्रहरीका अनुसार अहिले सम्म एक बालिका, ४ महिला र ४ पुरुषको शव निकालिएको छ। सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद  काफ्ले घटनाको विस्तृत जानकारी आउन बाँकी छ। खोजी कार्य जारी रहेको छ। 

 

प्रकाशित: १७ कार्तिक २०७६ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App