५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा संयुक्त गस्ती

फाइल फोटो

कञ्चनपूर– सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।

तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। 

‘सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ’, उनले भने,‘चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ।’

नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखापर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए। रासस

प्रकाशित: ३ कार्तिक २०७६ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App