२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जात्रा व्यवस्थित गर्न सरोकारवाला एकमत

भक्तपुर – भदौ ३० र ३१ तथा असोज १ गते भक्तपुरमा हुने यन्हापुन्ही जात्रा (इन्द्रजात्रा) समयमै सम्पन्न गरी व्यवस्थित गर्न सरोकारवाला निकायहरू एकमत भएका छन्। भक्तपुर नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, भैरवनाथ जात्रा व्यवस्थापन सहयोग समितिलगायतको बैठकमा सरोकारवाला निकायहरू जात्रालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन ऐक्यबद्धता व्यक्त गर्दै आ–आफ्ना तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले इन्द्रजात्राका अवसरमा हुने पुलुकिसी, यांमता, मुपात्र, इन्द्रायणी जात्रा, छुमा गणेश जात्रा समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आ–आफ्नो तर्पmबाट सहयोग गर्न अनुरोध गरे। भक्तपुरमा वर्षभरि हुने विभिन्न कला–संस्कृतिको जगेर्ना गर्न नगरपालिकाको अगुवाइमा विभिन्न अन्तक्र्रिया तथा छलफल भइरहेको जनाउँदै उनले हालसालै सम्पन्न गाईजात्रामा ट्राफिक व्यवस्थापन प्रभावकारी भएको स्मरण गरे। उनले जात्राहरूलाई व्यवस्थित गर्न गुठी संस्थानले कमी कमजोरीलाई सच्याउँदै विभिन्न चाडपर्व र जात्रालाई आगामी दिनमा व्यवस्थित गर्दै लान भक्तपुर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरपालिकाको अगुवाइमा भक्तपुरको कला, संस्कृति र जात्रा संरक्षण भइरहेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले सानादेखि ठूला जात्रा व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गरे। शान्तिसुरक्षाका लागि प्रशासन संवेदनशील रहेको जानकारी दिँदै उनले गुठी संस्थानले जात्रा व्यवस्थापन र सम्पदा संरक्षणका लागि आन्तरिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र सरोकारवालासँग समन्वय गरेर पारदर्शी ढंगले कार्यक्रम अगाडि लानुपर्ने बताए। उनले जात्रा सञ्चालनका लागि बजेट अपुग भए माथिल्लो निकायमा माग गरी आपसी सहयोगमा अगाडि बढ्नसमेत गुठी संस्थान प्रमुखलाई निर्देशन दिए।

गुठी संस्थानका प्रमुख रञ्जनप्रसाद कर्माचार्यले कार्यालयको क्षमताले भ्याएसम्म जात्रा सहयोग समितिहरूलाई सहयोग गर्दै आएको जानकारी दिँदै भक्तपुरमा जात्रा व्यवस्थानका लागि अबका दिनमा समन्वय गर्दै अगाडि बढ्ने जानकारी गराए। कार्यक्रममा वडाध्यक्ष कुमार चवालले भैरवनाथको जात्रा व्यवस्थापनका चुनौतीबारे जानकारी दिँदै पुलुकिसी जात्राको समय व्यवस्थापनका लागि सम्बन्धित सबैले समयमै जात्रा सञ्चालनका लागि पहल गर्नुपर्ने बताए। कार्यक्रममा वडा ३ का वडाध्यक्ष राजकृष्ण गोरा, भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष न्हुछेराम भेले, सँला गणेशका हरिराम बुयो, तपालाछी गुठीका ज्ञानेन्द्र मानन्धरले पनि जात्रा समयमै व्यवस्थित गर्न आ–आफ्ना तर्पmबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २७ भाद्र २०७६ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App