१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हावाहुरीले मकैबाली नष्ट

हावाहुरीले नष्ट बनाएको मकैबाली अवलोकन गर्दै भेरी नगरपालिका १ कालेगाउँका स्थानीय लगाएत अन्य।तस्बिरः जनक/नागरिक

जाजरकोट -  केहि दिन अघि  वर्षात संगै आएको हावाहुरीले  जिल्ला सदरमुकाम लगाएत विभिन्न गाउँका  बस्तीहरुमा लगाइएको मकैबाली नष्ट भएको छ। सदरमुकाम खलंगाको कालेगाउँ, रावतगाउँ, कोलचौर, स्याला लगाएतका  बस्ती र गाउँहरुमा किसानहरुले लगाएका मकै बालीहरु नष्ट भएको भेरी नगरपालिका १ कालेगाउँका कृषक दलवहादुर खत्रीले बताए। 

उनले ५ रोपणी जग्गामा लगाएको मकै बाली हावाहुरीका कारण नष्ट भएको बताए। आफनो मात्र नभएर गाउँका दर्जन बढी किसानहरुको मकैबाली हावाहुरीले  भाँचेर नष्ट गरेको उनको भनाई छ।  खत्री जस्तै अर्का किसान रेशम बस्नेतले पनि  आफनो चार रोपनीमा लगाएको  मकै र अन्य खाद्य बाली नास भएको दुखेसो पोखे।  बस्नेतले गाउँमा  हावाहुरीले  मकै लगाएतको अन्नबाली नष्ट गरेपछि  दशैं तिहारका बेला अन्नको अभाव हुने सम्भावना बढेको बताए।  

भेरी नगरपालिकाको  वडा नम्वर १का विभिन्न बस्ती र गाउहरुमा हावाहुरीले खन्न बाली नष्ट गर्दा किसानहरु मर्कामा मपरेको स्थानीय पत्रकार सहदेव बस्नेतले वताए। उनले  नगरपालिकाका पीपे , रावतगाउँ,रीम्ना मैदे, कोल्चौर , डौंरीकाँडा ,रीठापानी लगाएतका दर्जन बढी गाउँ वस्तीहरुको करीव ५०० हेक्टर बालीमा लगाइएको मकै तथा अन्य अन्नबालीमा क्षति पुगेको बताए। 

हावाहुरीका कारण अन्नबाली नष्ट नभएपछि किसानहरु गम्भीर चिन्तामा परेको  भेरी नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष दिपक रानाले बताए। उनले  सरकारले गतिलो राहतको व्यवस्था नगरे  खाद्य संकटको मारमा  किसानहरु पर्न सक्ने  बताए।  हावाहुरीले  बाली नष्ट गरेपछि   गाउँमा आउने सरकारी कर्मचारी, पत्रकार र जनप्रतिनिधि सबैसंग किसानहरुले   आफनो दुख सुनाउने गरेको पनि  वडाध्यक्ष रानाले बताए।  भेरी नगरपालिकामा मात्र नभएर  जिल्लाको  अर्काे नगरपालिका  नलगाडमा  पनि  हावाहुरीले  मकै लगाएतका खाद्य बाली नष्ट गरेको छ। 

नलगाड नगरपालिका ४, मान्चौरका गणेशबहादुर वलीले  आफुले  ७ रोपनी जमिनमा लगाएको मकै र अन्यबाली हावाहुरीले नष्ट गरिदिएको गुनासो गरे। हावाहुरीले  पुरयाएको क्षतिका कारण घरमा ठुलो खाद्य संकट आइपर्ने सम्भावना बढेको उनले भनाई छ।  हावा हुरीकै कारण नलगाडको साही वडाका भरत रावलको १० रोपनी मकै  टिकाराम रावलको २० मुरी फल्ले जग्गाको मकै लगाएतको  खाद्य बाली सबैै नष्ट  भएको  बताइएको छ।

   उता भेरी नगरपालिकाको कृषि शाखा प्रमुख यज्ञ अधिकारीले  हावाहुरीका कारण किसानहरुका मकै बालीमा ठूलो क्षति भएको र यसको सबै विवरणको रिपोर्ट सम्वन्धित निकायमा  बुझाउने काम भएको बताए।  यस्तै  नलगाड नगरपालिकाको कृषि शाखा प्रमुख महेशकुमार विस्टले पनि  किसानहरुको मकै लगाएतको अन्नवाली हावाहुरीका कारणले नष्ट हुदा उनीहरु मर्कामा परेको बताए।

प्रकाशित: ४ भाद्र २०७६ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App