१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ठेकेदार भेटवालविरुद्ध मुद्दा, भ्युटावर निर्माणमा आशंका

काठमाडौं - काठमाडौं भ्युटावरको निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीका सञ्चालक मनोजकुमार भेटवाल हुण्डी गरेर विदेशी विनियम अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएसँगै भ्यूटावर निर्माणमा फेरि ढिलासुस्ती हुने आशंका उब्जिएको छ।

समयमा निर्माण नभएर आलोचना भइरहेको परिपेक्षमा प्रालीका सञ्चालकविरुद्ध नै हण्न्डी गरेर विदेशी विनियम अपचलन गरेको अभियोगमा मुद्दा दायर भएसँगै भ्यू टावर निर्माण प्रभावित हुने देखिन्छ।  राजश्व अनुसन्धान विभागले सञ्चालक भेटवालसहित चार जना उपर हुण्डी गरी विदेशी विनियम अपचलन गरेको अभियोगमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा गरेको गरेको छ।

विभागले चार करोड ६० लाख ४२ हजार ८ सय ५० बिगोसहित मुद्दा दायर गरेको हो।  काठमाडौं महानगरपालिका एक अधिकारीले सञ्चालक भेटवाललाई हुण्डीमार्फत विदेशी विनियम अपचलनमा मुद्दा दायर गरेसँगै भ्यूटावर निर्माण कार्य प्रभावित हुने बताए।

‘भेटवालले राजनीतिक पहुँचकै आधारमा ठेक्का हत्याउन सफल भएका हुन् तर, भवन निर्माण गर्ने अनुभव समेत नभएको कम्पनीले पाएको कामले आखिर कुनै गति पनि लिएन,’ उनले भने, ‘एकातर्फ कम्पनीले काम गर्न नसकिरहेको अवस्था छ।  अर्काेतर्फ हुण्डीमार्फत विदेशी विनियम अपचलन गरेको मुद्दामा दायर गरेको छ।  यो मुद्दाले भ्यूटावर निर्माणमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव पक्कै पार्ने देखिन्छ। ’

भ्यूटावर निर्माणको लागि भनेर पनि महानगरले सार्वजनिक निजी साझेदारी (पिपिपि) अन्तर्गत महानगर र जलेश्वर स्वच्छन्दबिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता गरेको थियो।  सम्झौताअनुसार कम्पनीले पाँच वर्षभित्र टावर बनाएर २५ वर्ष सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो।  तर, सम्झौताअनुसार कम्पनीले लगभग यतिबेला भ्यूटावर निर्माण सम्पन्न गर्नुपथ्र्यो।  तर, भूकम्पपछि नक्सा परिवर्तन गरेर महानगरपालिकाले २०७३ सालमा मात्रै भ्यूटावर बनाउने कार्यादेश दिएको थियो।  काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले सञ्चालक भेटवालविरुद्ध मुद्दा दायर भएर टावर निर्माणमा असर पार्ने वा नपार्ने विषयमा आफूलाई जानकारी नभएको बताए।  ‘सञ्चालक भेटवालविरुद्ध मुद्दा दायर भएको कुरा पत्रपात्रिका पढेर थाहा पाएको छु,’ उनले भने, ‘यो विषयमा के हुन्छ भनेर अहिल्यै पूर्वानुमान गर्न सकिएन। ’

प्रवक्ता डंगोल कम्पनीको भ्यूटावरको निर्माण कार्य सन्तोषजनक नभएको बताउँछन्।  ‘निर्माण कम्पनीले अहिलेसम्म सन्तोषजनक काम गरेको देखिन्न,’ उनले भने, ‘हामीले भ्यूटावरको अध्ययन गर्नका लागि परामर्शदाता कम्पनी छनोट गरेर कामको मूल्यांकन गर्ने तयारी गरेका छौं।  परामर्शदाता कम्पनीले दिएको सुझावको आधारमा अघि बढ्नेछौं। ’ महानगरको सार्वजनिक निजी साझेदारी इकाइ प्रमुख धु्रव काफ्लेले भ्यूटावरको जगको काम भइरहेको बताए।  ‘अहिलेसम्म जगकै काम भइरहेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले कहिलेसम्म निर्माण सम्पन्न गर्छ।

  त्यो भन्न सकिने अवस्था छैन।  महानगरको सार्वजनिक निजी साझेदारी इकाइका अनुसार जलेश्वर स्वच्छन्दबिकोई जेभी कम्पनीले नियमित रूपमा जग्गाको रोयल्टीबापतको ८९ लाख रूपैयाँ तिरिरहेको छ। ’ भूकम्पअघि २९ तले निर्माण गर्न भनिएको भ्यूटारको मापदण्ड २०७२ सालको भूकम्पपछि घटाएर १२ तला मापदण्ड कायम गरिएको थियो।

प्रकाशित: १७ श्रावण २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App