२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरीको प्रयासमा बिपी राजमार्ग खुल्याे

सिन्धुली - सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमाथि दुर्व्यवहार गर्नेलाई उन्मुक्ति दिएको भन्दै शनिबार बिहना बन्द गरिएको बिपी राजमार्ग प्रहरीको प्रयासमा खुलाइएको छ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्नेलाई कारबाही माग गर्दै सिन्धुलीका कांग्रेस नेता(कार्यकर्ता बिहानै विपी राजमार्गस्थित सिन्धुलीमाढीको शान्तिनगर चोकमा विरोध प्रदर्शन गरेका थिए। उक्त क्षेत्रमा आवश्यक मात्रमा प्रहरी परिचालन गरी सडक खुलाइएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लोकदर्शन थापाले

जानकारी दिए।  काठमाडौंबाट सिन्धुली हुँदै तराई जाँदै तथा तराईबाट काठमाडौं आउँदै गरेका सवारीसाधन केही समय रोकिए पनि अहिले सञ्चालन भएको प्रहरीले जानकारी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालले सिन्धुलीको तीनपाट गाउँपालिकाका अध्यक्षलाई यही चैत २८ गते दिउँसो कार्यकक्षमै गएर हातपात गरेको आरोप छ।

प्रकाशित: ३० चैत्र २०७५ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App