२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लागूऔषध सहित ३ पक्राउ

काठमाडाैं - नवलपरासी (सुस्ता पश्चिम) र बाँकेबाट प्रहरीले नियन्त्रित लागूऔषध सहित मंगलबार ३ जनालाई पक्राउ गरेको छ।

नवलपरासी (सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–८ भानुनगरस्थित सडकबाट प्रहरीले लागूअाैषध सहित २ जनालार्इ पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा सरावल गाउँपालिका २ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँ बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवट रहेका छन्। उनीहरुकाे साथबाट फेन्साडिल १ सय एमएलको ५० थान, ईन्ट्राभेट ४ सय ५० ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट बरामद गरिएकाे छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको गस्ती प्रहरी टोलीले युपी ५६ एए १८४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र केवटको साथबाट उक्त परिमाणकाे लागूअाैषध फेला पारेकाे हाे।

यस्तै बाँकेकाे नेपालगंज उपमहानगरपालिका १५ स्थित जमुनाह चेक प्वाईन्टबाट प्रहरीले एक जनालार्इ लागूअाैषध सहित पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका ३ बस्ने १८ वर्षीय  मदन मल्ल रहेका छन्। उनकाे साथबाट प्रहरीले नाईट्रोभेट ६० ट्याब्लेट बरामद गरेकाे छ।

प्रकाशित: १३ कार्तिक २०७५ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App