इलाम – इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जितबहादुर कोइराला (जगत)को सवारी दुर्घटनामा निधन भएको छ। इलामबाट मोटरसाइकलमा चुलाचुली जानेक्रममा आइतबार बिहान ४० वर्षीय कोइरालालाई पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका– ३ मा ना१क ३७२९ नम्बरको जेसीबीले ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते कोइरालाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारक्रममा निधन भएको बिर्तामोड प्रहरीले जनाएको छ। जेसिबीका चालक फरार रहेको प्रहरीको भनाइ छ।
प्रकाशित: ७ आश्विन २०७५ ०७:३५ आइतबार